३ आश्विन २०८१, बिहीबार

ताजा खबर

आज अशोज २ गते बुधवार, थाहा पाउनुहोस् तपाईको राशिफल

नागरिक पोष्ट

बुधबार, २ आश्विन २०८१

783 views

783 views

आज अशोज २ गते बुधवार, थाहा पाउनुहोस् तपाईको राशिफल

मेष : आज तपाईको नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । 


वृष : आज तपाईलाई जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्राको योग छ । 

मिथुन : तपाईलाई आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।

कर्कट : आज तपाईको नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।

सिंह : आज तपाईको दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या : आज तपाईको परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।

तुला : आज तपाईलाई लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

वृश्चिक : आज तपाईको पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।

धनु : आज तपाईको लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर : आज तपाईको प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

कुम्भ : आज तपाईको खर्च बढने, गलत विचार बढने विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला ।

मीन : आज तपाईको अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।

सबैको दिन सुखद् रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?