७ कार्तिक २०८१, बुधबार

ताजा खबर

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

7583 views

7583 views

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९सिनियर डेपुटी सीईओ० पदमा कार्यरत थिए । तीन साताअघि तत्कालिन सीईओ बोधराज देवकोटाले राजिनामा दिएपछि लम्साल निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहँदै आएका थिए ।

लम्साललाई बैंकको कार्यकारी प्रमुखका रुपमा बुधबार नै दरबारमार्ग स्थित केन्द्रिय कार्यालयमा स्वागत गरिएको छ । कार्यव्रmममा नवनियुक्त सीईओ लम्सालले ‘बैंकप्रतिको जनविश्वास एवम् निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने’ प्रतिबद्घता जनाएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सीईओ लम्सालले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् ।


विगत १५ वर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?