६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

6886 views

6886 views

यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यु–१९  विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि  दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्।
यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।


१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबे भन्दा अगाडि रहेको छ।

अब सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फेब्रुअरी ६ मा प्रतिस्पर्धा हुनेछ । यस्तै, अर्को सेमिफाइनल फेब्रुअरी ८ मा पाकिस्तान र अस्ट्रेलियाले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?