६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

11544 views

11544 views

सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न

काठमाण्डौँ  । एडुप्ले युवा नेपालको आयोजनामा सिद्धि गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागी खेलकुद सम्बन्धी सचेतना कार्यक्रम को उद्घाटन तथा खेल सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । सिद्धी गणेश माध्यमिक विद्यालयबाट काठमाण्डौँ महानगरपालिका वडा नं. १६ मा अवस्थित छ । राष्ट्रिय युवा परिषद भक्तपुरको सहयोगमा मिति २०८० माघ १९ गते शुक्रबार एडुप्ले युवा नेपालले यो कार्यक्रम गरेको हो । 

कार्यक्रममा सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानअध्यापक केशव भण्डारी,सहायक प्रधानअध्यापक बुद्धि बहादुर वि क लगायत विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थी भईबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो । त्यसै गरी राष्ट्रिय युवा परिषद भत्तपुरबाट अनुगमनको लागि उप सचिव चन्दा थापाको उपस्थित रहेको थियो ।  
एडुप्ले युवा नेपालको अध्यक्षले विद्यार्थीहरुको लागि खेल अतिनै महत्वपुर्ण भएको बताउदै खेल सबैलार्य आवश्यक पर्ने बताउनु भयो । उमेर समुह अनुसार खेलको बर्गिकरण गरेर खेलाउन सकिने र थोरै ठाउँमा पनि खेल उचित किसिमले खेलाउन सकिने बताउदै यस्ता कार्यहरुको लागि युवा परिषद जस्ता निकायहरुले निरन्तर सहयोग गरिरहनु पर्ने बताउनु भयो । त्यस्तै गरी विभिन्न खेल विधर्थीहरुलाई महेन्द्र श्रेष्ठले सिकाउनु भएको थियो । विद्यार्थीहरु पनि बुक फ्री डे मा खेल खेल्न पायर खुशी देखिन्थे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?