६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले सुदूरपश्चिमलाई हरायाे

नागरिक पोष्ट

बुधबार, १७ माघ २०८०

7532 views

7532 views

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले सुदूरपश्चिमलाई हरायाे

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेश विजयी भएका छन् ।

मूलपानीमा आज भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । एपीएफका सन्दीप जोराले नट आउट १८ रन बनाए । सुदूरपश्चिमका दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए ।

यस्तै कीर्तिपुरमा भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । कोशीले लगातार ८ हारपछि पहिलो जित हात पारेको हो । कोशीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६ ओभर ५ बलमा १ सय ५६ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ३२ रन बनाए । समान २ अङ्कसहित लुम्बिनी नवौँ र कोशी पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?