१२ चैत्र २०८१, बुधबार
ताजा खबर

नेपालको यस्तो एउटा धार्मिक मन्दिर जहाँ आफै शंखघण्ट बज्छ, दर्शन गर्नुहोस मनोकामना पुरा हुन्छ

नागरिक पोष्ट

बुधबार, ३ माघ २०८०

15284 views

15284 views

नेपालको यस्तो एउटा धार्मिक मन्दिर जहाँ आफै शंखघण्ट बज्छ, दर्शन गर्नुहोस मनोकामना पुरा हुन्छ

नेपालको गण्डकी प्रदेश,

तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकला देवीमा रहेको मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ । मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा परापुर्ब देखिनै स्थानीय आदिबासी मगर जातिहरुले कुलायन देवीको रुपमा पुजा गर्दै पछी सबै जातजातिले अकलादेवीको नामले पूजा गर्दै आएको छ ।

दैबिशक्ति : मन्दिरमा भएको बिशाल शिला पुन निर्माणको चरणमा जग राख्ने बेला शिला लगभग १० फिट तल खन्दा पनि शिला नह्ल्लनु ,शिलामा ३३ कोटी देवताको आकार हुनु , अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्ने , दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिने, बाह्रै महिना कटहर फल्ने , अकला मन्दिर नजिकै रहेको अर्धनारेश्वर रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्ने ,सिलामा धेरै रुपहरु देखिने ।

सस्कृत शब्दमा किल भनेको शिव र चोक भनेको आगन अर्थात किलचोक भनेको शिवजीको आगन हो भन्ने किम्बदन्ती हुनु ,दक्षिण पट्टि बतासन ऋषिले तपस्या गरेको गुफा र घमाईलो दृश्य हुनु उत्तरी भेग कहिल्यै घाम नलाग्नु,गर्मि नहुनु जसले गर्दा पिकनिक स्थल बन्न सक्ने सम्भाबना हुनु , श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु ,एकै जनाले तिन वर्ष सम्म सहस्र चण्डी पाठ गराउनु ,जस्ता किम्बदन्ती र यथार्थ हुनु आदि लाई दैवीशक्ति भएको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?