८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

होटल सङ्घ नेपाल (हान)ले आज नेपाल सत्कार दिवस मनाउने

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

8705 views

8705 views

होटल सङ्घ नेपाल (हान)ले आज नेपाल सत्कार दिवस मनाउने

काठमाडौं । होटल सङ्घ नेपाल ९हान०ले आज माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापना दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई(लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?