सोमबार, १ माघ २०८०
22526 views
22526 views
काठमाडौँ । नेपालमा पाँच तारे होटलको संख्या २० वटा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारे होटलको विवरण सार्वजनिक गरेको हो ।
पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारा स्तरमा बर्गिकरण भई नियमित रुपमा इजाजत नविकरण गरेका होटलको संख्या १६ वटा रहेको पनि उल्लेख गरेको छ ।
चार वटा होटलहरु काठमाडौँको द एभरेष्ट होटल, र्याडिसन होटल, याक एण्ड यति होटल र पोखराको होटल द फूलबारी लिमिटेडले इजाजत पत्र नविकरण नगरेको विभागले जनाएको छ । त्यस्तै, विभागका अनुसार यो वर्ष काठमाडौँको लाजिम्पाटमा रहेको होटल ल्हासा इन्टरनेश्नल प्रालि र धुम्बाराहीको अकामा होटल प्रालि दुई वटा पाँच तारे होटल थपिएको छ ।
नियमित रुपमा नविकरण भएका १६ होटल:
१) सोल्टी होटल लिमिटेड काठमाडौं, ताहाचल
२) होटल डेला अन्नपूर्ण, दरबारमार्ग
३) पोखरा ग्राण्ड, पोखरा
४) तारागाउँ रिजेन्सी होटल, बौद्ध
५) द मल्ल होटल, लैनचौर
६) होटल साँग्रिला, लाजिम्पाट
७) टाईगरवान, रुपन्देही
८) सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्टस, बाँके
९) होटल सेन्ट्रल प्लाजा, बाँके
१०) होटल एभेरेष्ट हस्पिटालिटी एण्ड होटल (होटल मेरियट), नक्साल
११) छायाँदेबी कम्पलेक्स (होटल अलफ्ट), ठमेल
१२) होटल द किङग्सबरी, झापा
१३) सिटी होटल (हायात प्लेस), काठमाडौं
१४) इच्छा होटल, बारा
१५) होटल ल्हासा इन्टरनेशनल, लाजिम्पाट
१६) अकामा होटल, धुम्बराही