३ आश्विन २०८१, बिहीबार

ताजा खबर

२०२३ मा ८७ लाख यात्रुले नेपालको हवाईयात्रा गरे

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

8212 views

8212 views

२०२३ मा ८७ लाख यात्रुले नेपालको हवाईयात्रा गरे

काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।

सन् २०२२ मा ७९ लाख ५४ हजार ४ सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कुल यात्रु आवागमन ९आन्तरिक र अन्तरराष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार ४ सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशत) ले वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

आन्तरिकतर्फ हवाईयात्रा गर्नेको संख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?