१२ चैत्र २०८१, बुधबार
ताजा खबर

१८औं एशियन कप फुटबल शुरु, २४ देश भिड्दैछन्

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

11884 views

11884 views

१८औं एशियन कप फुटबल शुरु, २४ देश भिड्दैछन्

काठमाडौँ– एशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता कतारमा शुरु भएको छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् । 
 एशियन फुटबलको यस महाकुम्भका खेलहरू २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ वर्षपछि  एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभागी रहेको छ ।

सहभागी २४ देशलाई ६ समुहमा विभाजन गरिएको छ । जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।

एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।

त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समुह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?