७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

10728 views

10728 views

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

काठमाडौँ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएसँगै सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।महानगरले अहिले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको भन्दै अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको हो ।

अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको एक कर्मचारीले बताए । ‘उहाँको राष्ट्रिय सभागृहमा भएको कार्यालयमा ताला लगाएपनि काठमाडौं प्लाजा तर्फ ताला लगाएको थिएन तर उहाँलाई नआउन मेयरसाब कै निर्देशन थियो । आजबाट उहाँले चढ्ने गाडी खोसिएको छ’, महानगर स्रोतले भन्यो ।

महानगरपालिकाले तीन कर्मचारीलाई कारवाही गरेसँगै महानगरपालिकाको १४ औँ नगरसभा नै स्थगित हुन पुगेको छ । हालैमात्र महानगरका मेयर बालेन साहले कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा कीर्ते गरेको भन्दै तीन जना कर्मचारी निलम्बनमा गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा समेत ताला लगाइएसँगै सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?