७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेकपा एसको महाधिवेशन जेठमा हुने

नागरिक पोष्ट

मंगलवार, १९ मंसिर २०८०

6090 views

6090 views

नेकपा एसको महाधिवेशन जेठमा हुने

काठमाडौँ  ।  नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यसअघि, माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो तर राष्ट्रियसभा निर्वाचन र जाजरकोट भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ । त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिएका छन् । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उनले बताएका छन् ।

त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्ब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने खतिवडाले जानकारी दिएका छन् । प्रचार विभाग प्रमुख खतिवडाले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि नेकपा समाजवादीलाई गाली गरेपनि त्यसले कुनै असर नपर्ने जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?