१२ चैत्र २०८१, बुधबार
ताजा खबर

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख २० हजार ८०० रुपैयाँ

नागरिक पोष्ट

सोमबार, १८ मंसिर २०८०

9603 views

9603 views

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ ।

साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?