७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष

नागरिक पोष्ट

मंगलवार, १२ मंसिर २०८०

3494 views

3494 views

काठमाडौँ  । सोह्र दिने महिला हिंसा विरूद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ । 

आयोगको सभाहलमा सोमवार राजधानीमा आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले किशोरी बटालालाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।  बालिकाको सशक्तिकरणको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलले विभिन्न किशोरीमैत्री कार्यक्रममा सहभागी गराउँदै किशोरीहरूलाई नेतृत्वमा रहेर काम गर्ने अनुभव दिलाउन देशभर नेतृत्व हस्तान्तरण कार्यक्रम गर्दै आएको छ । किशोरी प्रेरणा बटालाले आयोगको अध्यक्ष पदमा रहेर आफुले महिला तथा किशोरीको क्षेत्रमा गर्ने विभिन्न कार्यक्रम सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले राष्ट्रिय महिला आयोगको स्थापनाको उद्देश्य, लक्ष्य र गतिविधिबारे  जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउने प्रयत्नले भविष्यमा नेतृत्व लिई दायित्व पुरा गर्ने सपना देख्न सहयोग पुग्ने बताउनुभयो । उहाँले समाज व्याप्त कुरिति, हानिकारक अभ्यासले निम्त्याउने हिंसादेखि आर्थिक, सामाजिक र मानसिक हिंसा र हाल जलवायुको प्रभावले पनि महिला नै बढि प्रभावित हुनुपरेको सन्दर्भमा राज्यलाई महिला सशक्तिरकणमा टेवा पुग्ने नीति बनाउन सुझाव दिंदै आएको बताउनुभयो । 

आयोगका सदस्य कृष्णकुमारी खतिवडा पौडेलले पितृसत्तात्मक सोच यथावत नै रहेको नेपाली समाजमा बालिकाको क्षमता विकास र नेतृत्व लिन घचघच्याउने यस्ता कार्यक्रमले किशोरीहरूको मनोवल बढ्ने बताउनुभयो । आयोगका सचिव कमलबहादुर लवटले किशोरीहरूको प्रश्नको जवाफ दिंदै आयोगले महिला, बालिका र किशोरीलगायत सम्पूर्ण महिला वर्गले खेप्दै आएको हिंसाबाट मुक्ति दिलाउने पहल स्वरूप नीतिगत सुधारका लागि सरकारलाई सिफारिस गर्दै आएको बताउनुभयो । प्लान इन्टरनेशलमा आवद्ध समिक्षा दाहालले किशोरीमैत्री वातावरण बनाउन आयोगलाई नौबुँदे ज्ञापनपत्र बुझाउनुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?