७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चन्द्रगढी विमानस्थलको रनवेमा स्याल, बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

नागरिक पोष्ट

मंगलवार, १२ मंसिर २०८०

3783 views

3783 views

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्ग (रनवे)मा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ।

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सोमबार साँझ ६ बजेर ५० मिनेटमा भद्रपुर आइपुगेको थियो। जहाज विमानस्थलमा अवतरणका लागि तयार रहेको बेला धावनमार्गमा एक्कासि स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको विमानस्थलका प्रमुख इन्दुराम अधिकारीले जानकारी दिए।

विमानस्थलका कर्मचारीले तत्काल साइन जडित साधन लिएर स्याललाई धावनमार्गबाट खेदाएका थिए। त्यसपछि ओभरसुट भएको जहाजले आकाशमा एक फन्को लगाएर ७ बजेर ५ मिनेटमा सुरक्षित अवतरण गरेका थिए। ओभरसुटका कारण जहाज १५ मिनेट अवतरणमा ढिला भएको जनाइएको छ।

सो जहाज ७ बजेर ३८ मिनेटमा यात्रु बोकेर काठमाडौँका लागि उडेका थिए। ‘रनवेमा जङ्गली जनावर आइराख्ने समस्या छ,’ विमानस्थल प्रमुख अधिकारीले भने, ‘विमानस्थल नजिकै चिया बगान र सानो खोल्सा रहेको त्यहीबाट बेला-बेला एउटा स्याल रनवेमा आउँछ।’ एउटा स्यालले साह्रै समस्या निम्ताइरहेको बताउँदै उनले भने, ‘त्यो स्याललाई यहाँबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने पर्ने भएको छ।’

यो विमानस्थलमा अवतरण गर्न लागेका जहाजहरूसँग रनवेमा चराचुरुंगीसँग ठोक्किएका घटनाहरू घटिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?