७ कार्तिक २०८१, बुधबार

ताजा खबर

दाेहाेराे अंकले घट्यो शेयर बजार, १ अर्ब ७५ करोडकाे कारोबार

नागरिक पोष्ट

सोमबार, ११ मंसिर २०८०

4286 views

4286 views

काठमाडौं  । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार ११.२७ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.५९ प्रतिशतले घटेर १८९६.६७ अंकमा समेटिएको छ ।

यस दिन २९० कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ, ६५ वटाको बढेको छ भने बाँकी ८ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।साेमबार ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँकाे कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?