७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नागरिक पोष्ट

सोमबार, ११ मंसिर २०८०

4355 views

4355 views

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ५०० रुपैयाँले बढी हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ ।  आइतबार तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?