७ कार्तिक २०८१, बुधबार

ताजा खबर

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

3833 views

3833 views

काठमाडौँ । सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो ।

यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

द्रुत बस बिहान ८ देखि साढे १० र दिउँसो ३ देखि साढे ५ बजेसम्म चल्ने छन् । बस तीन–तीन मिनेटको अन्तरमा छट्दै रत्नपार्कदेखि सूर्यविनायकसम्म ओहोरदोहोर गर्नेछन् ।

यसअघि द्रुत बस बिहान ९ देखि ११ बजेसम्म तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म ५–५ मिनेटको अन्तरमा छुट्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?