७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सर्वाधिक कर तिर्ने करदाता सम्मानित, संस्थागततर्फ नेपाल टेलिकम

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

4653 views

4653 views

काठमाडौं । सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९र८० मा सर्वाधिक कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले सम्मान गर्नुभयो । राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । व्यक्तिगत आयबाट सबैभन्दा धेरै कर तिर्ने उद्यमीका रुपमा विजयबहादुर शाह सम्मानित हुनुभएको छ । उहाँ हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक हुनुहुन्छ । संस्थागततर्फ सबैभन्दा बढी आय कर नेपाल टेलिकमले तिरेको छ । सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी वित्तीय संस्थाका तर्फबाट सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई पनि सम्मान गरिएको छ । रेमिट्यान्स कम्पनीमा आईएमईले सर्वाधिक कर तिरेकोमा सम्मानित भएको छ । सबैभन्दा धेरै निर्यात कारोबार गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्ट्स, कृषि एवम् पशुबाट ओसीबी फुड्स एण्ड फिट्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्थाले उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।

बीमा व्यवसायमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारको कारोबार भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको छ । मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज रहेको छ ।

आयकर, मूल्य अभिवृद्धि करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने ९संस्थागत० तर्फ सूर्य नेपाल प्रालि यी दुई विधामा सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?