७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

4083 views

4083 views

काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाकाे १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?