७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आजकाे माैसम :उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

3720 views

3720 views

काठमाडाैं ।  हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीभने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?