७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि

नागरिक पोष्ट

बुधबार, ६ मंसिर २०८०

3876 views

3876 views

काठमाडौं ।  सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ । 

तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । 

बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ । 

बुधबार १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?