मंगलवार, ५ मंसिर २०८०
4538 views
4538 views
काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार शेयर बजार २३.८२ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ अंकमा समेटिएको छ ।
यस दिन २८५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २०१ कम्पनीको शेयरमूल्य घटेको छ, ३१ वटाको बढेको छ भने बाँकी ५ वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।मंगलबार ३६ लाख ७५ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४७ लाख ९५ हजार ८३ रुपैयाँकाे कारोबार भएको छ ।