७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टिकटक बन्द गर्ने निर्णयविरुद्ध रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3549 views

3549 views

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हाे । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?