७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3274 views

3274 views

कतार । कतारले आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने घोषणा गरेको छ । फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने  घोषणा गरेको हो।

समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए ।

एसियन कप आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?