७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3359 views

3359 views

काठमाडौँ । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १२ तोलाको एकरएक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?