७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रमको तयारी पुरा 

नागरिक पोष्ट

शुक्रबार, २४ कार्तिक २०८०

3314 views

3314 views

चितवन । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर आयोजना गर्न लागेको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८०को तयारी पुरा भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर कार्तिक २४ गते  शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागिएको हो । 

कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने संस्थाका अध्यक्ष राजु भट्टले जानकारी दिनुभयो । तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न हामीले यो कार्यक्रम गर्न लागेका उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्टले जानकारी गराउनु भयो । पत्रकारिता संगै संस्थागत सामाजिक उत्तरदायित्व भएकोले उक्त कार्यक्रम गर्न लागिएको भट्टले बताउनु भयो ।

यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उहांँले बताउनु भयो । तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उहांँको भनाई छ । कार्यक्रममा स्थानीय कलाकारको  प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ ।

  कार्यक्रमको लागि करीब शत प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो । ’हामी कार्यक्रमको अन्तिम चरणमा छौं , संयोजक श्रेष्ठले भन्नुभयो, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कपिलसागर कर्माचार्यले बताउनु भयो ।  कार्यक्रमबाट बचेको रकम असहाय, अनाथ बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रम भरतपुर बसपार्क नजिकको सेरेना होटलमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?