१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

केकी अधिकारीको खुशीः गतबर्ष ‘झिंगे दाउ, यो बर्ष परदेशी २’

नागरिक पोष्ट

बुधबार, १५ कार्तिक २०८०

11914 views

11914 views

केकी अधिकारीको खुशीः गतबर्ष ‘झिंगे दाउ, यो बर्ष परदेशी २’

काठमाडौँ । नायिका केकी अधिकारीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ नायिका मानिन्थ्यो । लगातार २५ वटा फिल्म असफल भएपछि केकीलाई अधिकांशले ‘अनलक्की’ नायिकाको रुपमा हेरेका हुन् । तर, फिल्म असफल भएपनि केकीलाई फिल्मको अभाव भने कहिले भएन । उनले, हरेक बर्ष २–३ वटा फिल्ममा काम गरिरहेकी छिन् । 

तर, फिल्म ‘छ माया छपक्कै’ सुपरहिट भएपछि भने केकीको ‘अनलक्की’ नायिकाको ट्याग विस्तारै हट्न थालेको छ । 

केकीले अभिनय गरेको फिल्म ‘झिंगे दाउ’ गतबर्ष सुपरहिट भयो । ज्ञानेन्द्र देउजा निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, केकीको कामको पनि खुबै तारिफ भयो । 

यो बर्ष केकीलाई केही समस्या परिरहेको थियो । यो बर्ष उनी अभिनित ‘प्रसाद २ र जय हो’ बक्स अफिसमा पछारिएपछि उनलाई तनाव भएको थियो । तर, दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि केकीलाई फेरि ठूलो राहत मिलेको छ ।   हरेक बर्ष उनलाई कुनै न कुनै फिल्मले बक्स अफिस सफलतासँगै खुशी दिइरहेका छन् । आउँदो बर्ष केकीको संभवत फिल्म ‘झिंगे दाउ २’ रिलिज हुनसक्छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ । 

कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । यसपटक केकीलाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ । 

समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा केकी र निर शाहको मात्र बढी तारिफ गरेका छन् । केकीले यो फिल्ममा संझनलायक काम गरेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?