७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध प्रहरीमा उजुरी

नागरिक पोष्ट

बुधबार, १५ कार्तिक २०८०

4131 views

4131 views

काठमाडौँ  । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उनीहरूविरुद्ध नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्।

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको शर्माले आरोप लगाएका छन् । कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। उनी अहिले अस्पतालमा उपचाररत छन् ।

एनआरएनएको भर्खरै सम्पन्न महाधिवेशनको विवाद जारी छ । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले समानान्तर समिति समेत गठन गरेको छ ।

मौखिक उजुरी आएको भन्दै प्रहरीले भोलि कार्यालयको सीसीटीभी हेरेर अनुसन्धान थाल्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?