७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गृह श्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाद्वारा राजधानीमा तीनदिने सम्मेलनमा

नागरिक पोष्ट

आईतवार, ५ कार्तिक २०८०

4391 views

4391 views

काठमाडौँ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पुयाइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गृह श्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाद्वारा विहीवार राजधानीमा आयोजित तीनदिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तिकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो । 

उहाँले नेपाललगायत विश्वभरकै महिलाले  गृह श्रममार्फत परिवारलाई आर्थिक टेवा पु¥याइरहेको अवस्थालाई स्वीकार्दै गृह श्रमिकको  श्रमले आर्थिक सशक्तिकरणसहित समानता आउने विश्वास व्यक्त गर्नुभयो । 

होमनेट साउथ एसियाका अध्यक्ष रेनाना झ्यावलाले यस सम्मेलनले दक्षिण एसियामा गृह श्रमिकको पहिचान र अधिकारको आन्दोलनमा एकजुट हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   

होमनेट साउथ एसियाका क्षेत्रिय संयोजक सृष्टि जोशी मल्लले दक्षिण एसियाका ६२ वटा गृहश्रमिक सङ्गठनको क्षेत्रिय सञ्जाल  होमनेट साउथ एसियाका प्रतिनिधीहरूसहित आयोजित यस तीन दिने  सम्मेलनमा गृह श्रमिकलाई श्रमिकको मान्यता दिलाउन र श्रम अधिकारको पहुँच दिलाउने सन्दर्भमा आवाज बुलन्द गरिने बताउनुभयो । 

उहाँले नेपाल,बङ्गलादेश,भारत र पाकिस्तानका गृह श्रमिकले बाँस,माटो ढाका,मकैका खोस्टा, पराल, काठ, पात, धागोलगायतका कच्चा पदार्थ प्रयोग गरी परम्परागत र विद्युतीय र चिकित्साजन्य उपकरण समेत निर्माण गर्दै अर्थतन्त्रलाई चलायमान बनाइरहेको बताउनुभयो । 

गृह श्रमिक तथा महिला आन्दोलनका अभियन्ता चाँदनी जोशीले करिब ९५ प्रतिसत महिला संलग्न गृह श्रमिक क्षेत्रको आवाजलाई नीतिगत तहसम्म पु¥याउन आठ देशमा छरिएर रहेका गृह श्रमिकको छाता सङ्गठन होमनेट साउथ एसियामार्फत सङ्गठित भएको बताउनुभयो । 

होमनेट साउथ एसियाका संरक्षक फुन्सोक सि.छिरीङले यस संस्थामार्फत गृह श्रमिको आवाज, माग, चुनौति र समस्या सामाधानका लागि आवाज बुलन्द गर्ने अभ्यासका लागि सम्मेलनमा जुटेको बताउनुभयो । 

माटो, काठ, ढुङ्गा, ढाका, बाँस, मकैका खोस्टा र पराललागायतका कच्चा पदार्थबाट परम्परागत रूपमा विभिन्न सामानको उत्पादन, निर्माण तथा हाल विद्युतीय र चिकित्साजन्य सामग्री समेत उत्पादन गृह श्रमिकले गर्दै आएका छन् । साथै पोते बुन्ने, दुबोको माला बुन्ने, काठका बुट्टा, इम्ब्रोइडरी, साना खाजा घर सञ्चालन, गलैंचा बुन्ने, अल्लो र ढाका बुन्ने काम गर्दै गृह श्रमिकले आर्थिक टेवा पु¥याउँदै आएका छन् ।   शिवा ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?