७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गोर्खाली रग्वी क्लबद्वारा दशैँ शुभकामना आदानप्रदान

नागरिक पोष्ट

आईतवार, ५ कार्तिक २०८०

4346 views

4346 views

ललितपुर ।  हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै  गोर्खाली रग्वी क्लबले  बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

क्लवले बिहीबार  बगैंचा रेस्टुरेन्ट एन्ड बार  जाउलाखेलमा  सम्पूर्ण    पदाधिकारी , सदस्यहरु लगायत  जमघट गराएर  शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक भेटघाट,  सर्टिफिकेट वितरण, भावी योजना लगाएको बिषयमा छलफल गदै  कार्यक्रम सम्पन्न  गरेको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि , अन्य अतिथि लगाएतको सहभागीहरुले दशैं तथा दीपावलीको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।

चाड पर्वहरुको खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्य ले उक्त कार्यक्रम  आयोजना गरिएको क्लबका अध्यक्ष रोहित कार्कीले  बताए ।

नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहनेका साथ आउदो जनवरीमा  गोर्खाली नेशनल सेभेन प्रतियोगिता आयोजना  गर्न लागिएको  सचिव प्रेम कोइरालाले  जानकारी दिनुभयो ।

नेपाल रग्वी संघको महासचिव गोविन्द  घिमिरेको बिशिस्ट आतिथ्यमा सम्पन्न  भएको  कार्यक्रममा सल्लाहकारहरू रबिन्द्र श्रेष्ठ ,दिलिप श्रेष्ठ , बिष्णु थापा ,गोबिन्द पाैडेल क्लबका कानुनी सल्लाहकार गोबिन्द राज न्याैपाने   कर्णाली रग्वी प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँर क्लबका उपाध्यक्ष कृष्ण थापा , कोषाध्यक्ष श्रीराम श्रेष्ठ  क्लबका  पदाधिकारीहरू ,  खेलाडी ,सदस्यहरु लगायत  उपस्थिति थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?