७ कार्तिक २०८१, बुधबार

ताजा खबर

'कसैप्रति  पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन':उर्मिला श्रेष्ठ-उपाध्यक्ष,नेपाल चेम्बर अफ कमर्स/अध्यक्ष -नेपाल महिला चेम्बर   

नागरिक पोष्ट

आईतवार, ५ कार्तिक २०८०

4629 views

4629 views

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मन स्वच्छ भएमात्रै मान्छे पूर्ण रुपमा सुन्दर हुने धारणा व्यक्त गर्नुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै श्रेष्ठले उक्त धारणा राख्नुभएको हो ।  

कोभिडपस्चात अर्थतन्त्र शिथिल भैरहेको अवस्थामा यस्ता कार्यक्रमले प्रगती र उत्साह दुवै बढाउने औंल्याउनुहुँदै श्रेष्ठले हरेक पेशा व्यवसायको आफनै महत्व हुने हुँदा सबैले कोही कसैमाथि भेदभावनराखी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । ‘कुनै चिज पनि ठुला साना हुँदैनन्, कसैप्रति  पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन, म यहि मान्यता राख्छु र यहाँहरुलाई पनि यहि  आग्रह गर्दछु ’ उहाँले भन्नुभयो ।  

उहाँले मिसेस नेपाल कल्चर विवाहित महिलाहरुको स्वतन्त्रता साथै व्यक्तित्व विकाससँग जोडिएकोले यसलाई मनोरंजनसँग मात्रै जोडन नमिल्ने जिकिर पेश गर्दै भन्नुभयो ‘मिसेस नेपाल कल्चर चाही मलाई किन राम्रो लाग्यो भने यो समाजमा महिला विवाहित भएपछि  वा बच्चालाई जन्म दिईसकेपछि महिलाहरु स्वतन्त्र र खुला हुन सक्दैनन्  भन्ने जुन विश्वास समाजमा व्याप्त छ यस्ता कुराहरुलाई चिर्दै महिलाहरु संचारिका, मोडल आदी पेशामा वा कुनै क्षेत्रमा अगाडि आउन सक्छ भन्ने गतिलो उदाहरण हो’ ।  

त्यस्तै उहाँले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहने बताउनुहुँदै नारीले नारीमाथि गर्ने अन्याय र हिंसाका घटना उस्तै विकराल रहेको औंल्याउनुभयो । चेम्बर उपाध्यक्ष एवम् महिला चेम्बर अध्यक्ष  श्रेष्ठले सशक्तिकरणको आधार स्तम्भ आर्थिक सबलिकरण रहेको उल्लेख गर्नुहुँदै महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड  दिनुभयो । सो अवसरमा श्रेष्ठले संचारकर्मी सरोज ओझा, युवा व्यवसायी डेभिल  सिंह राजपुत, काठमाडौं उद्योग  वाणिज्य संघका सदस्य एवम् आईआईएफटीका संचालक तेन्जिङ शेर्पा, गायक बिनोद ढकाल लगायतलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।  

उक्त प्रतियोगिता कार्यक्रममा पूर्व मिस नेपालद्वय रुबि राणा र सुगारिका केसी, संचारकर्मी मनोज जोशी आदी निर्णायक रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?