७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो

नागरिक पोष्ट

शुक्रबार, ३ कार्तिक २०८०

4156 views

4156 views

काठमाडौँ  । भक्तपुरमा च्याङ्ग्रा महङ्गो भएको छ । सर्वसाधारणले मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा विगतभन्दा यस वर्ष महङ्गो भएको गुनासो गरेका हुन् ।

भक्तपुरको सल्लाघारी ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा लागत बढ्न गएको हो ।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?