७ कार्तिक २०८१, बुधबार

ताजा खबर

निर्माण व्यवसायीलाई ६ अर्ब भुक्तानी दिने बाटो खुल्यो

नागरिक पोष्ट

शुक्रबार, ३ कार्तिक २०८०

4270 views

4270 views

काठमाडौं । निर्माण व्यवसायीहरूले गत आर्थिक वर्ष २०७९/८० मा काम गरेको भुक्तानी पाउने भएका छन् । सरकारी विभिन्न निकायले निर्माण व्यवसायीलाई ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई परिपत्र गरेसँगै निर्माण व्यवसायीले उक्त रकम पाउने बाटो खुलेको हो ।

अर्थको निर्णयअनुसार दशैँअघि नै निर्माण व्यवसायीले भुक्तानी प्राप्त गर्न भने सक्ने अवस्था छैन् । आज एक दिन मात्र बाँकी रहेकाले दशैँ अगाडि भुक्तानी पाउन सक्ने अवस्था नरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । तर, सबै निकायसँग बजेट नभएकाले अहिले नै आफूहरूले पाउने पैसो समयमा नै पाउने सम्भावना कम रहेको उनले बताए ।

अर्थ मन्त्रालयले दशैँ बिदा हुन दुई दिन मात्र बाँकी राखेर परिपत्र गर्दा सबै निकायले एक दिनमा भुक्तानी गर्न सक्ने अवस्था नरहेको सिंह बताउँछन् ।

सरकारले रकम भुक्तानी नदिँदा आफूहरू समस्यामा परेको र नयाँ ठेक्काको काम समेत गर्न नसकेको भन्दै निर्माण व्यवसायी आन्दोलित थिए । सरकारले गर्नुपर्ने भुक्तानी समयमा नपाउँदा कारोबार मिलाउन नसकेर केही निर्माण व्यवसायी ठगी आरोपमा पक्राउ समेत परेका छन्‌ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?