७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मूल्य एकैदिन ताेलामा १८०० रुपैयाँले बढ्याे

नागरिक पोष्ट

शुक्रबार, ३ कार्तिक २०८०

4211 views

4211 views

काठमाडाैं । बिहिबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू एक लाख १३ हजार १५० र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यसमेत बढेकाे छ।अघिल्लाे दिन प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय  रुपैयाँमा निर्धारण गरिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?