७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एसीसी यू–१९ प्रिमियर कप : साउदी अरबविरुद्ध नेपाल ब्याटिङमा

नागरिक पोष्ट

बिहीबार, २ कार्तिक २०८०

3855 views

3855 views

काठमाडौँ ।  एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा हुँदैछ  । मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

समूह ए मा रहेका नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईदुई खेल जितिसकेका छन् । दुई खेलबाट समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा छ भने साउदी दोस्रो स्थानमा छ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?