बिहीबार, २ कार्तिक २०८०
5014 views
5014 views
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड शीर्षस्थानमा उक्लिएको छ । भारतको चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा गएराति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै न्युजिल्याण्डले फराकिलो जित निकालेको हो ।
न्युजिल्याण्डले जितका लागि दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३९ रनमा समेटियो ।
अफगानिस्तानका रहमत शाहले ३६ रन बनाए । यस्तै, अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फर्गुसनले ३–३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका टम लाथमले ६८ र विल योङ्गले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले २–२ तथा रासिद खान र मुजिब उर रहमानले समान एक–एक विकेट लिए । जारी विश्वकपमा न्युजिल्याण्ड ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा छ भने २ अंक रहेको अफगानिस्तान अन्तिमबाट दोस्रोमा छ ।