७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आयात तथा निर्यात मेलाको १३४औँ सत्र

नागरिक पोष्ट

सोमबार, २९ आश्विन २०८०

4135 views

4135 views

काठमाडाैं । चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आजदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ ।

मेला आगामी नोभेम्बर ४ सम्म चल्ने मेलाका प्रवत्ता सुबिङले बताएका छन्। मेलाले विश्वभरका खरिदकर्तालाई आकर्षित गरेको बताउदै उनले मेलाका लागि दुई सयभन्दा बढी र क्षेत्रका एक लाखभन्दा बढी खरिदकर्ताले दर्ता गरेको जानकारी दिए ।

मेलाको अनलाइन प्लेटफर्मले प्रदर्शक तथा खरिदकर्ता दुवैका लागि सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।

अघिल्लो संस्करणको तुलनामा यस सत्रका लागि प्रर्दशनी क्षेत्र ५० हजार वर्गमिटर विस्तार गरिएको र प्रर्दशनी बुथहरूको सङ्ख्या पनि चार हजार छ सयले वृद्धि हुने बताइएको छ ।

मेलामा ४३ देश र क्षेत्रका छ सय ५० उद्यमीसहित २८ हजारभन्दा बढी प्रर्दशकहरुले भाग लिने आयोजकले बताएको छ । सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुई पटक लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?