१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

ईश्वरलाल प्रतिष्ठानद्धारा प्रकाशित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन, प्रधानमन्त्रीबाट अग्रवाल र शाक्य सम्मानित

नागरिक पोष्ट

शनिबार, १० फाल्गुन २०८१

239 views

239 views

ईश्वरलाल प्रतिष्ठानद्धारा प्रकाशित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन, प्रधानमन्त्रीबाट अग्रवाल र शाक्य सम्मानित

काठमाडौं । काठमाडौंको होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित भव्य समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीसहित चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठ, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ पुस्तक विमोचन गर्नुभएको छ।


ईश्वरलाल प्रतिष्ठानद्धारा आयोजित राजेशकाजी श्रेष्ठ ‘व्यक्तित्व र योगदान’ विमोचन कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले ​नेपाल​ चेम्ब​र​ अफ​ कम​र्स​का पूर्व​ अध्य​क्ष​ म​हेश्व​र​ कुमार अग्र​वाल​ र​ नेपाल महिला चेम्बरकी संस्थापक अध्यक्ष एवं राष्ट्रिय​ स​भा स​द​स्य​ अञ्जान शाक्य​लाई स​म्मान​ समेत ग​र्नुभ​यो । सो अव​स​र​मा प्र​धान​म​न्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै नेपाली व्यवसायिक क्षेत्रलाई थप समृद्ध बनाउन यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकालाई सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, ‘नेपालको व्यवसायिक क्षेत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकाले मात्र मुलुकको आर्थिक समृद्धिलाई गति दिन सक्छ। उद्यमशीलता, परिश्रम र इमान्दारिताको संगमले सफलता सम्भव बनाउँछ, जसको उदाहरण राजेशकाजी श्रेष्ठ हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई समृद्ध बनाउने हाम्रो अभियानमा उद्योग–व्यवसायको महत्त्वपूर्ण भूमिका छ। निजी क्षेत्रको विकास र योगदानलाई उचित सम्मान गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई हौसला दिनु आवश्यक छ।’

ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रतिष्ठानले नेपालको व्यवसायिक इतिहास र व्यक्तित्वलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी प्रकाशन गर्दै आएको बताउनुभयो। यस वर्ष राजेशकाजी श्रेष्ठको योगदानलाई कदर गर्दै उहाँको जीवनी सार्वजनिक गरिएको उहाँले उल्लेख​ स​मेत​ ग​र्नुभ​यो। कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानकातर्फबाट प्रशान्तलाल श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कृतिका लेखक बद्रि प्रसाद कोईरालाले स्वर्गीय ईश्वरलाल श्रेष्ठ र राजेशकाजी श्रेष्ठको व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, निव​र्त​मान​ अध्य​क्ष​ राजेन्द्र​ म​ल्ल​, ब​रिष्ठ​ उपाध्यक्ष दिप​क मलहोत्रा, नेपाल उद्योग​ वाणिज्य​ म​हास​ङ्घ​का उपाध्य​क्ष​ हेम​राज​ ढ​काल,  स्वर्गीय ईश्वरलाल श्रेष्ठकी ध​र्म​प​त्नी एव​म ईश्व​र​लाल प्र​तिष्ठान​की संरक्षक प​द​मादेवी श्रेष्ठ​ एव​म प​रिवार​ज​न​का स​द​स्य​ह​रु, राजेशकाजी श्रेष्ठका परिवारजन सदस्य लगायतका उद्योगी–व्यवसायी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पुस्तक ‘व्यक्तित्व र योगदान’मा राजेशकाजी श्रेष्ठको जीवन यात्रा, व्यवसायिक सफलताका रहस्यहरू, नेपालका उद्योग-व्यवसायमा पुर्‍याएको योगदान तथा उहाँको सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्ष समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?