७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कोसी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा हुने

नागरिक पोष्ट

आईतवार, २८ आश्विन २०८०

4157 views

4157 views

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागकाअनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?