६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

रु रु जलबिधुत परियोजनामा  ५ जनाको जीवन बचाउने तालिम एबम स्वस्थ जाँच सम्पन्न

नागरिक पोष्ट

बुधबार, १७ आश्विन २०८०

6056 views

6056 views

काठमाण्डौँ । रु रु  जलबिधुत परियोजना लिमिटेडको अपर हुग्दिखोला हाइड्रो पावर , गुल्मिमा कार्यरत कर्मचारीहरूका लागी  अपातकालिन अवस्थामा कुनै पनि व्यक्ती द्वारा  जीवन बचाउन ूतपाइले ५ जनाको जीवन बचाउन सक्नुहुन्छू तालिम  एबम स्वास्थ परिक्षण ३ दिने कार्य्क्रम  सफलतापुर्वक सम्पन्न भयो।  कार्यक्रमको सुभारम्भ गर्दै साइट इन्चार्ज  कृष्ण ब। के सी ले  जीवन बचाउने तालिम र स्वस्थ परिक्षणले परियोजना भित्र  सकारात्मक प्रभाव पर्ने हुनाले जरुरी रहेको बताउनु भयो। जीवन बचाउने सीप  सबैलाइ लाइफ सेभर बनाउने र आप्त्कालिन अबस्थामा कार्यक्षेत्र भित्र खटिएका  कर्मचारीको  ज्यान बचाउन सकिने उदेश्यले राखेको  बताउनुभयो। सो कार्यक्रममा परियोजनाका सम्पुर्ण  कर्मचारी र ूतपाइले ५ जनाको जीवन बचाउन सक्नुहुन्छू का संयोजक प्रतिक्षा पन्थी र मुना खत्रीको सहभागी भएको थियो।   

कार्यक्रममा डा लक्ष्मी पन्थीले आपतकालीन अबस्थामा  घटना स्थलमा नै ५(७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा  घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपनाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभएको थियो र दोश्रो र तेश्रो दिन परियोजनाका कर्मचारीहरूको स्वास्थ जाँच गर्दा ७६५ उच्च रक्त्चाप, १०५ एन्जाइटी र अन्य सुगर र मृगौलाको समस्या भेटिएको थियो  र   एक जना कर्मचारीलाई तत्काल  मृगौला जाच र थप उपचारको लागि नेसनल किड्नी सेन्टर काठमाडौमा रिफर गरेको  डा पन्थीले बताउनुभयो। त्यस्तै गरि परियोजना भित्र रहेका ँष्चकत ब्ष्म द्ययह को अडिट गरी द्ययह मा थप समानहरू राख्न सल्लाह दिनुभएको थियो।परियोजना को तर्फबाट कार्यक्रमको विशेष सहजीकरण परियोजना  चेयरमेन आशिष् सुवेदी र प्लान्ट मेन्जेर बिश्नु प्रसाद पाण्डे ले गर्नुभयो।  हुग्ड्दिखोला साइटमा कार्यक्रमको ब्यवस्थापन गर्न साइट इन्चार्ज कृष्ण बहादुर के सी ले गर्नुभएको थियो।

तालिमका बिषयहरु  १।सास मार्गमा अडकिएर या सर्किएर  निसाँसिदै गरेको बिरामिलाइ तीन मिनेटमा  बचाउन गरिने बिधि २। हृदय(घातको सुरु  र अन्तिम अबस्थामा बचाउने बिधी ३।  घट्ना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि  ४। प्राइमरी सर्बे र बेहोस  हुदा अपनाउनु पर्ने ऋएच्  विधि ५। संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु,आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु थिए । त्यस्तै गरि कार्यक्रममा अन्तर्राष्ट्रिय  शान्तिदुत  श्री प्रेम रावतज्युको गिनिज बुक अफ वोर्ल्ड रेकर्डको पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो। 

कार्यक्रम पछि सहभागीहरुले जीवन बचाउने तालिम सङै पिस एजुकेसन  र स्वास्थ परिक्षण जोडिएको प्रोग्राम  धेरै नै प्रभावकारी रहेको बताए ।  कार्यक्रम सम्पन्नभए पछि साइट इन्चार्ज के सि ज्युले सहभागीहरूलाइ प्रमाणपत्र बितरण गरी जीवन बचाउने आभियानका कल्पनाकार डा पन्थीलाइ  परियोजनाको तर्फबाट समान  गर्दै धन्यवाद दिनुभयो।

डाक्टर लक्ष्मी पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपाल्भरी  लैजाने लक्ष्य जान्कारी गराउनु भयो।  यो जीवन बचाउने  आभियान  यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ वोटै जिल्लामा  र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्य्क्रम अन्तर्गत हाल्सम्म १३ वोटा जिल्लामा  बिधालय, प्रहरी, अस्पताल, लाइन्स क्लब, हाइड्रोपावर  लगायत विभिन्न निकायमा पुगेको छ। यस अभियानका कल्पानाकार  डा पन्थी हाल नेपाल एब बेलायतमा कार्यरत डाक्टर हुन। उनी हातेमालो अभियान  नेपालकी सन्स्थापक अध्यक्ष पनि हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?