१७ चैत्र २०८१, सोमबार
ताजा खबर

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित

नागरिक पोष्ट

मंगलवार, १६ आश्विन २०८०

8198 views

8198 views

काठमाडौं । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले ती सम्मान र पुरस्कार प्रदान गरेका हुन् । समाजले रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार रूवी रौनियारलाई प्रदान गरेको छ । उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट रु दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो ।

कार्यक्रममा शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, डीन, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अङ्कुर प्रि–स्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदान गरिएको छ ।

त्यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तारीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ । यस दोस्रो साधारण सभा तथा तेस्रो वार्षिक उत्सवमा उद्घोषकको भुमिका समाजका सचिवले निभाउनु भएको थियो ।

यसैगरी स्वागत मन्तव्य समाजका कोषाध्यक्ष श्याम तण्डुकारले गर्नु भएको थियो । उहाँले शैक्षिक उन्नयनका लागि शिक्षा पत्रकार समाजले सरोकारवालाहरुसंग सहकार्य गर्ने कुरा राख्नु भएको थियो । धेरैजसो संस्थाहरुले पत्रकारलाई संस्थामा दुःख परेको बेलामा मात्र सम्झन्छन् । यस्तो कुराहरु यदाकदा आफूले सुन्दै आएको हुनाले सुखदुख हरवखत सहकार्य गर्दै अघि बढ्नुपर्ने कुरा राख्दै आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो ।

यसैगरी समाजका अध्यक्ष प्रकाश सिलवालले पुरस्कारको बारेमा र वर्तमान शिक्षामा देखिएको समयसमायिक विषयवस्तु विद्येयकको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?