सोमबार, १५ आश्विन २०८०
9073 views
9073 views
काठमाडौँ । मानवअधिकारका विषयमा लेखिएको समाचारका कारण इयुको ‘ह्युमन राइट्स अवार्ड’ प्राप्त गर्न सफल तीन पत्रकार आज सम्मानित भएका छन्।
सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित एक समारोहकाबीच उनीहरूलाई कदरपत्रसहित सम्मानित गरिएको हो। अवार्ड प्राप्त गरी सम्मान लिनेमा संवाहिका समाज नेपालकी अध्यक्ष तथा गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल, द राइजिङ नेपालका आशिष मिश्र र कैलालीकी पत्रकार उन्नति चौधरी रहेका छन्।
उनीहरूलाई आज नेपालका लागि युरोपियन सङ्घकातर्फबाट नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मान प्रदान गरेकी थिइन्। राजदूत लरेन्जोले उनीहरूले मानवअधिकारको विषय उठान गरेर उनीहरूले लेखेकोे समाचारको प्रशंसा गरिन्। पत्रकार हमालले ‘हटेन बाल विवाह’ शीर्षकमा लेखेको खोजमुलक समाचारले अवार्ड जितेको हो।
तीनै जना विजेताले पुरस्कारस्वरुप आउँदो साता युरोपको शैक्षिक भ्रमण गर्ने अवसर प्राप्त गरेको दूतावासका सञ्चार संयोजक अम्बर मैनालीले जानकारी दिए।सम्मानपछि आजै युरोप भ्रमणका विषयमा सूचनामुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। आउँदो साता तीनै जना पत्रकार युरोपका विभिन्न देशको भ्रमणमा जाँदैछन्।