१६ चैत्र २०८१, आईतवार
ताजा खबर

चितवनका किसानलाई खुशीको खबर : मेयर दाहालको पहलमा बार्हैमास सिंचाई सुविधा

नागरिक पोष्ट

बिहीबार, १३ चैत्र २०८१

426 views

426 views

चितवनका किसानलाई खुशीको खबर : मेयर दाहालको पहलमा बार्हैमास सिंचाई सुविधा

चितवन । चितवनका किसानहरूको लामो प्रतीक्षा समाप्त भएको छ। नारायणी लिफ्ट सिंचाई प्रणालीले आजदेखि किसानहरूको माग अनुसार नहरमा पानी प्रवाह सुरु गरेको छ ।


भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले यसबारे जानकारी दिँदै अब किसानहरूले बार्हैमास सिंचाई सुविधा प्राप्त गर्ने बताएकी छन् । चितवन र आसपासका कृषकहरूले सिंचाई अभावका कारण उत्पादनमा समस्या भोगिरहेका थिए ।

अब यो समस्याको समाधान गर्दै नारायणी लिफ्ट सिंचाई आयोजनाले पानी उपलब्ध गराउन थालेको छ, जसले कृषकहरूलाई वर्षभरि खेती गर्न मद्दत गर्नेछ । स्थानीय कृषकहरू यो निर्णयबाट उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?