बुधबार, ५ चैत्र २०८१
1565 views
1565 views
काठमाडौं । टोखा नगरपालिकाले वडा नं. ५ मा पार्क/उद्यान निर्माण कार्यको शिलान्यास गरेको छ । उक्त कार्यक्रम २०७१ साल फागुन ६ गते बिहान ९ बजे सम्पन्न भएको हो ।
शिलान्यास कार्यक्रम नयाँ बसपार्क पुलदेखि उत्तरतर्फ विष्णुमती करिडोरको बाटो छेउको क्षेत्रमा सम्पन्न भएको हो । कार्यक्रमको आयोजना टोखा नगरपालिकाको वडा नं. ९ कार्यालयले गरेको थियो ।
उक्त पार्क/उद्यान निर्माणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बजेट व्यवस्थापन गरेको छ । स्थानीय तह र सरोकारवाला निकायहरूका अनुसार यो परियोजना वातावरणीय सुधार, हरियाली प्रवद्र्धन तथा स्थानीय बासिन्दाहरूको मनोरञ्जनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा सबै नागरिकको उत्तरदायित्व हुने बताउदै, “यो सार्वजनिक सम्पत्ति भनेको सिंगो देशकै सम्पत्ति हो । यसलाई जोगाउने जिम्मेवारी हाम्रै हो “ उनले भने ।
त्यस्तै टोखा वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले यस पार्कलाई ‘नमुना पार्क’का रूपमा विकास गर्न लागिएको बताए । उनका अनुसार आधुनिक पूर्वाधारसहितको हरियालीयुक्त उद्यान निर्माण गरिने छ, जसले स्थानीयवासीलाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्नेछ।
स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो कदमको स्वागत गरेका छन् । पार्क तथा उद्यान निर्माणपछि यहाँका नागरिकहरूलाई स्वच्छ वातावरणमा विश्राम तथा मनोरञ्जन गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ।