४ चैत्र २०८१, मंगलवार
ताजा खबर

पोखरामा ‘रिसाइकलिंग र अपसाइकलिंग मार्फत हरित रोजगारी सिर्जना (GCRU) परियोजना’को शिलान्यास

नागरिक पोष्ट

सोमबार, ३ चैत्र २०८१

409 views

409 views

पोखरामा ‘रिसाइकलिंग र अपसाइकलिंग मार्फत हरित रोजगारी सिर्जना (GCRU) परियोजना’को शिलान्यास

काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् ।

उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?