सोमबार, ३ चैत्र २०८१
545 views
545 views
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले आफूहरू कति पनि नआत्तिएको बताएका छन् ।
सोमबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले अब यो देशमा ज्ञानेन्द्र शाह, उनका सन्तान वा अरु कोही पनि राजा बन्ने र राजसंस्था फर्किने सम्भावना नरहेको बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले टिकट काटेर नारायणहिटी दरबार संग्रहलायमा छिर्न पाउने बताएका छन्। उनले बाहिर कुनै सुनारेलाई बनाउन लगाएर श्रीपेच पनि लगाउन पाउने बाटो रहेको बताए । तर ज्ञानेन्द्र फेरि राजा कहिले नबन्ने उनले बताए ।
निरङ्कुश र वंशवादी राजतन्त्रविरुद्ध जनताको चेतना कति सवल छ भन्ने कुरा देखाउन आगामी चैत १५ गते जनप्रदर्शनको आयोजना गरिएको उनले बताए । उक्त जनप्रदर्शनमा देशभरबाट एक लाखभन्दा बढी मानिस काठमाडौं आउने उनले गरे ।
‘हामी पटक्कै डराएका छैनौँ । राजावादीहरूले अहिले सडक हाम्रो हो, दलसँग जनता छैनन्, एक्लै परे, हामी जित्दैछौं भनेर प्रचारबाजी गरिरहेका छन् । तिमीहरू हार्दैछौँ, तिमीहरू नौटंकी गर्दैछौ । तिमीहरूको कालो कर्तुत र निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ, उनले भने,‘तिम् विरुद्मा जनताको गणतन्त्रको चेतना कति सवल छ भनेर एकचोटी सानो झल्को देखाइदिऊँ । बाँकी रहे धेरै कुरा गरौँला । यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था फर्किन्छ । ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन् । सुनारलाई बनाउन लगाएर, श्रीपेच पनि लगाउन सक्छन् । उनलाई नारायणहिटी जानलाई रोकटोक छैन ।’