५ चैत्र २०८१, बुधबार
ताजा खबर

काठमाडौं महानगरको शैक्षिक मेला

नागरिक पोष्ट

शनिबार, १७ फाल्गुन २०८१

2789 views

2789 views

काठमाडौं महानगरको शैक्षिक मेला

काठमाडौं । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।

 

नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको छ ।

विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको हो।

 

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १०,९३४ जना गरी दुई लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?