बुधबार, ७ फाल्गुन २०८१
222 views
222 views
काठमाण्डौ – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्ति मार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् । प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र पनि असन्तुष्टि बढिरहेका छन् ।
प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि पनि बढिरहेका छन् ।२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।