९ माघ २०८१, बुधबार
ताजा खबर

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा

नागरिक पोष्ट

बुधबार, ९ माघ २०८१

171 views

171 views

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा

काठमाडौं ।  नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा एनसेलले ३ महिनामै गुमायो करिब २ लाख ५४ हजार सक्रिय मोबाइल ग्राहक, के होला त कारण  निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो तीन महिनाको अवधिमै दुई करिब दुई लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा यस्तो अवस्था देखिएको हो ।

गएको असोज देखि नियामकले प्रतिवेदनमा दुवै टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमका सक्रिय मोबाइल प्रयोगकर्ताको तथ्याङ्क समेट्न थालेको छ । त्यसपछि कात्तिक मसान्तसम्म एनसेलका सक्रिय मोबाइल प्रयोगकर्ता ९भोइस तर्फ० एक करोड ४९ लाख ९१ हजार १६ पुगेका थिए ।

 स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण


सो समयमा प्रतिस्पर्धी नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्या एनसेल भन्दा कम ९एक करोड ४६ लाख २९ हजार ८०४० रहेका थिए । त्यसयता एनसेलले लगातार आफ्ना सक्रिय मोबाइल प्रयोगकर्ता गुमाउँदै गएको छ भने नेपाल टेलिकमले त्यस्ता प्रयोगकर्ता आफूतर्फ आकर्षित गरिरहेको छ ।


यो ३ महिनाको अवधिमा नेपाल टेलिकमले एक लाख ७८ हजार ७२१ सक्रिय प्रयोगकर्ता बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपाल टेलिकम एक करोड ४८ लाख ८ हजार ५२५ सक्रिय प्रयोगकर्ताका साथ देशकै सबैभन्दा ठुलो मोबाइल सेवा प्रदायक कम्पनी बनेको छ ।

दोस्रोमा रहेको एनसेलका भने सक्रिय ग्राहक एक करोड ४७ लाख ३७ हजार २०५ रहेका छन् । यस हिसाबले दुई ओटा मोबाइल सेवा प्रदायक मात्रै रहेको नेपालमा एनसेलको बजार हिस्सा ४९ प्रतिशतमा खुम्चिँदा नेपाल टेलिकमको बजार ५१ प्रतिशतमा विस्तार भएको छ ।

एनसेलले रिचार्ज भ्यालिडिटी घटाउने गरी लागु गरेको नयाँ नीतिका कारण कम्पनीको सिम बहिस्कार गर्ने सम्मको अभियान चलेको थियो । जसलाई एनसेलका ग्राहक घट्नुको प्रमुख कारण रहेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले आफ्नो सो नीति फिर्ता लिँदै आफ्नो रिचार्ज कार्डको भ्यालिडिटी सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमकै सरह कायम गरिसकेको छ

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?